PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

हेवा ‘ए’ ले थाल्यो परीक्षण प्रसारण, हप्ता दिनभित्रै १० मेगावाट बिजुली थपिने



पहिलोपोस्ट

हेवा ‘ए’ ले थाल्यो परीक्षण प्रसारण, हप्ता दिनभित्रै १० मेगावाट बिजुली थपिने

पाँचथर : पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारण सुरु गरेको छ।
 
आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राई टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ।
 
यसअघि नै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै मङ्सिर १० गतेदेखि मङ्सिर मसान्तसम्म उत्पादन र प्रसारण परीक्षण गर्ने जनाएको थियो। आयोजनाले परीक्षणका क्रममा हेवाखोलाको पानीको बहाव परिवर्तन भइरहने भन्दै सावधानी अपनाउन स्थानीयलाई आग्रह समेत गरेको छ।
 
आयोजना अन्तिम चरणमा पुगेसँगै अबको हप्ता दिनभित्रमा राष्ट्रिय उत्पादनमा ९ देखि १० मेगावाट बिजुली थपिने आयोजना प्रमुख ढुङ्गानाले बताए।
 
सानीमा बैंकको नेतृत्वमा ११ वटा बैंकले लगानी गरेको आयोजनाको कुल लागत रु २ अर्ब १६ करोड अनुमान गरिएको थियो तर निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा बढी लागत लागेको आयोजना प्रमुख ढुङ्गानाले बताए।
 
करिडोर निर्माण नहुँदा राष्ट्रिय प्रसारणमा समस्या हुने कारण वार्षिक रु १५ देखि २० करोडसम्म घाटाको अवस्था देखिएको उनको भनाइ छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell