काठमाडौ : पितृ उद्धारका लागि शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदै छ।
मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरियो भने आज चतुर्दशीको बिहान शतबीज छरिएको छ।
दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। आइतबार बेलुकीदेखि नै विशेषगरी पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ। श्रद्धालुहरु रातभर पशुपतिमा जाग्राम बसेका थिए।
चतुर्दशीका दिन बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने शास्त्रमा उल्लेख भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। श्रद्धालुहरूले बिहान सबेरै उठेर शरीर शुद्धिपछि धान, कालो तिल, गहुँ, जौ, तोरी, मास, सानो केराउका साथै मूला, ज्यामिर, सखरखण्ड, पिँडालुका टुक्राहरू छर्दै पशुपति क्षेत्रमा रहेका देवीदेवताको दर्शन गरेका छन्।
'शास्त्रमा बरखी बारेर सेतो कपडा लगाएका बेला शिवको नामसम्म लिनु हुँदैन भनिएको छ तर व्यवहारमा प्राचीनकालदेखि नै यो परम्परा चलिआएकाले यो पर्वका विषयमा खोजी गरिनु आवश्यक छ,' उनले भने, 'बत्ती बाल्ने र शतबीज छर्ने बरखी बारेका बेलामा होइन अरु बेलामा हो भन्ने शास्त्रीय प्रमाण छ।'