PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

संविधान संशोधनको किचलोबारे छलफल गर्न कांग्रेस पदाधिकारीहरुको बैठक जारी



पहिलोपोस्ट

संविधान संशोधनको किचलोबारे छलफल गर्न कांग्रेस पदाधिकारीहरुको बैठक जारी

काठमाडौं : संविधान संशोधनको विषयलाई लिएर नेपाली कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक सुरु भएको छ।
 
सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यलयमा बैठक बसेको हो। संविधान संशोधनको विषयमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेकपा एमाले र मधेस केन्द्रित दलहरुबीच कुरो नमिलेपपछि कांग्रेसले पदाधिकारीहरुसँगको छलफल गर्न लागेको कांग्रेसका एक नेताले बताए।
 
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला वरिष्ठ नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, मीनेन्द्र रिजाल लगायतका नेताहरुको उपस्थिति रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell