
हुवाँ मार्टिन डेल पोर्टोले मारिन सिलिकलाई पराजित गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई ३-२ ले पराजित गर्दै पहिलो पटक डेविस कपको उपाधि जितेको छ।
क्रोसियाको जाग्रेवमा भएको फाइनलमा २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई सेट जितेको हो।
आइतबार डेल पोर्टोले पनि दुई सेटले पछि पर्दा शानदार कमब्याक गर्दै सिलिकलाई ६-७, २-६, ७-५, ६-४ ६-३ ले हराएका थिए।
पाँचौं खेलमा अर्जेन्टिनाका फेडेरिको डेलबोनिसले क्र्रोसियाका एभो कार्लोभिकलाई ६-३ ६-४ ६-२ को सोझो सेटमा हराएपछि अर्जेन्टिनाले ३-२ ले खेल आफ्नो पक्षमा पारेको हो।
यसअघि शुक्रबार मारिन सिलिकले फेडेरिको डेलबोनिसलाई तथा डेल पोर्टोले एभो कार्लोभिकलाई हराएपछि पहिलो दिनको खेल १-१ को बराबरीमा सािएको थियो।
शनिबार भएको डबल्स खेलमा सिलिक र इभान डोडिगको जोडीले डेल पोर्टो र लियोनाड्रो मायेरलाई हराउँदै क्रोएसियालाई २-१ को अग्रता दिलाएका थिए।
अर्जेन्टिनाले पाँचौ पटकको फाइनलमा विश्वकै प्रतिष्ठित डेविस कप टेनिसको उपाधि जितेको हो।
अर्जेन्टिना र क्रोएसिया बीचको फाइनल खेल हुर्ने अर्जेन्टाइन फुटबल लेजेण्ड डिएगो अर्माण्डो म्याराडोना आफ्नो पार्टनर सहित क्रोएसिया पुगेका थिए।