PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

फेसबुके विज्ञापनबाट जोगिनुस् है, विदेश पठाउने विज्ञापन राखेर लाखौं ठग्ने पक्राउ



पहिलोपोस्ट

फेसबुके विज्ञापनबाट जोगिनुस् है, विदेश पठाउने विज्ञापन राखेर लाखौं ठग्ने पक्राउ

काठमाडौं : आफ्नो फेसबुकमा विभिन्न पत्रपत्रिकामा आएका मेनपावरको विज्ञापन राखी विदेश पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उजुरीको आधारमा दोलखा मौगापैवा गाविसका ३० वर्षीय दावा योञ्जनलाई पक्राउ गरेको हो। उनले तिलकबहादुर गुरुङ, डोरबहादुर थापा, प्रदीपकुमार गुरुङ, चन्द्रप्रसाद बस्नेत क्षेत्री लगायतका व्यक्तिसँग विज्ञापनको फोटो र आफ्नो मोबाइल नम्बर राखी फेसबुकमार्फत ठगी गरेका थिए। प्रत्येक व्यक्तिसँग उनले ३ लाख ३४ हजार लिएर सम्पर्कविहीन भएपछि सात जना पीडितले उनीविरुद्ध उजुरी गरेका थिए। उनीहरुबाट योञ्जनले २३ लाखभन्दा बढी रकम ठगी गरेका थिए।
 
योञ्जनले दुबईमा सेक्युरिटी गार्डमा लगाइदिने र मासिक ५५ हजार तलब हुने प्रलोभन देखाएर ठगेको पीडितहरुको भनाइ छ। उनी कुनै पनि मेनपावरमा संलग्न नभएको र विज्ञापनको फोटो खिची सम्पादन गरेर त्यहाँ आफ्नो सम्पर्क नम्बर राख्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
 
उनले अरु धेरै व्यक्तिलाई ठगी गरेको शंकामा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell