PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सुकुम्बासी बस्तीका फुटबलरलाई बरुणको सहयोग



पहिलोपोस्ट

सुकुम्बासी बस्तीका फुटबलरलाई बरुणको सहयोग

अभिनेता बरुण धवनले सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने फुटबल खेलाडीहरुलाई सहयोग गरेका छन्। चलचित्र ढिसुममा आफूले लगाएको ज्याकेट तथा नगदबाट उनले खेलाडीहरुलाई सहयोग गरेका हुन्।

खेलाडीहरुको सहयोगका लागि उनले फन्ड समेत जम्मा गरेका छन्। ढिसुमको प्रचारका बेला बरुण सहयोग संकलनमा समेत केन्द्रित भएका थिए।

फिल्ममा धवनले लगाएको सुनौलो रङको ज्याकेट उनले सहयोग स्वरुप दान गरेका हुन्। उनले स्टाइलक्रयाकर नामक संस्थाले आयोजना गरेको च्यारिटी कार्यक्रममा सो सहयोग गरेका हुन्। कार्यक्रम मार्फत जम्मा भएको पैसा आयोजकले सुकुम्बासी बस्तीमा रहेका फुटबल खेलाडीहरुलाई दिने भएको हो।

स्टाइल क्रयाकरकी संयोजक अर्चला वालाभालकरका अनुसार बरुणले उनको सहयोगको प्रस्ताव सुरुमै स्विकार गरेका हुन्। साथै उनले आफ्नै इच्छाले ज्याकेट दिने निर्णय गरेको बलिउड हंगामाले जनाएको छ।

सहयोगबारे बोल्दै बरुणले भने, 'मेरो आमाबुवाले मलाई सधैं अरुको सहयोग गर्न सिकाउनुभएको छ। त्यसमाथि मेरो फिल्म पनि बालबालिकासँग सम्बन्धित भएकाले सुकुम्बासी बस्तीमा रहेका फुटबल पारखीलाई सहयोग नगर्न सकिन।'

उनले आफ्नो ज्याकेट जित्नेलाई भेट्ने रहर भएको पनि खुलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell