PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

बिहानको परकम्पले लेखनाथ नपास्थित एक घरमा क्षति



पहिलोपोस्ट

पोखरा : सोमबार बिहानैको परकम्पका कारण लेखनाथ नगरपालिका-४ स्थित जलधारेका रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको छ।
 
२०७२ बैसाख १२ गतेको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले क्षति पुर्‍याएको हो।
 
केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन्। बिहान ५ बजेर २० मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्पको परकम्प गएको थियो। कम्पनको केन्द्रबिन्दु रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell