PahiloPost

Jun 16, 2025 | २ असार २०८२

रामदेवको योगशिविर पुगेकी सभामुख भन्छिन्- 'दलहरुकै सहमतिमा जटिलताको समाधान हुन्छ'



पहिलोपोस्ट

रामदेवको योगशिविर पुगेकी सभामुख भन्छिन्- 'दलहरुकै सहमतिमा जटिलताको समाधान हुन्छ'

पर्सा : सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताएकी छिन्।
 
वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरिन्।
 
दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने उनको भनाइ छ। पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको पनि उनले बताइन्।
 
पतञ्जली योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको उनको भनाइ छ। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell