PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'पुरानो डुंगा'ले राजधानीबाटै कमायो १ करोड १० लाख, जात्राको क्रेज कायमै



पहिलोपोस्ट

'पुरानो डुंगा'ले राजधानीबाटै कमायो १ करोड १० लाख, जात्राको क्रेज कायमै

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ले दुई दिनमा १ करोड १० लाखको व्यापार गरेको छ।
 
बिक्रेताका अनुसार सो रकम राजधानीका हलहरुबाट मात्रै जम्मा भएको हो। उपत्यकाबाहिर कति कमाइ भयो भन्नेबारे यकिन जानकारी आएको छैन।
 
फिल्म युनिटले काठमाडौंबाहिर ५० लाख बराबरको व्यापार भएको हुन सक्ने अनुमान गरेको छ।
 
फिल्मले पहिलो दिन गोपीकृष्ण मुभिजका पाँच हल हाउसफुल र अधिकांश मल्टिप्लेक्समा समेत हाउसफुलको रेकर्ड राखेको थियो। समीक्षकहरुबाट पाइरहेको नकारात्मक प्रतिक्रियाका कारण आइतबारबाट फिल्मको व्यवसाय घटेको बताइएको छ।

त्यस्तै दोस्रो हप्ताभरमा फिल्म 'जात्रा'ले भने दुई करोडको व्यापार गरेको छ। निर्देशक प्रदीप भट्टराईका अनुसार फिल्मले अझै मल्टिप्लेकस र सिंगल थिएटरमा पहिलो हप्ताजति नै हल पाइरहेको छ। उनले भने, 'पुरानो डुङ्गाले केही असर गरेको छैन। जात्राले दर्शक कमाइरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell