
पर्सा : योगगुरु स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गरेका छन्।
विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोमा बोल्दै रामदेवले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताए।
शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिनुभएको थियो। सो क्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरु र हजारौं सर्वसाधारणको सहभागिता थियो।