PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

​महिला एसिया कप : श्रीलंकाविरुद्ध पनि नेपालको खराब ब्याटिङ, २३ रनमा अलआउट



पहिलोपोस्ट

​महिला एसिया कप : श्रीलंकाविरुद्ध पनि नेपालको खराब ब्याटिङ, २३ रनमा अलआउट

महिला एसिया कप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले ब्याटिङमा सुधार गर्न सकेन। थाइल्याण्डमा भइरहेको प्रतियोगितामा श्रीलंका विरुद्धको खेलमा पनि नेपालको पुरानै समस्या दोहोरियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६ दशमलव २ अोभरमा जम्मा २३ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। अर्का ओपनर सिता मगर ४ तथा कप्ता रुबिना क्षेत्री १ रन बनाएर आउट भए।

नेपालका ७ खेलाडीले खाता समेत खोल्न सकेनन्।

नेपाललाई कम स्कोरमा रोक्न श्रीलंकाका इनोका रानाविरा र सुगान्डिका कुमारीले समान ३ तथा ओसादी रानासिंगेले २ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४७ रनमा अलआउट भएको थियो।

श्रीलंकासँग खेल हुनुअघि नेपालका प्रशिक्षक राजु बस्न्यातले १२० रन बनाउन सके जित्न सक्ने बताएपनि खेलाडीहरुले भने त्यस्तो खालको प्रदर्शन गर्न सकेनन्।

आइतबार श्रीलंका पाकिस्तानसँग हारेसँगै नेपाली टोलीको मनोबल बढेको भनेर प्रशिक्षकले बताएपनि खेलाडीमा भने पुरानै समस्या देखियो। (फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell