PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अन्य दलसँग पनि छलफल गरी संशोधन विधेयक अघि बढाउने कांग्रेसको निर्णय



पहिलोपोस्ट

अन्य दलसँग पनि छलफल गरी संशोधन विधेयक अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं : संविधान संशोधनमा विवादित विषयमा छलफल गर्न बसेको कांग्रेस पदाधिकारीको बैठकले अरु दलसँग पनि छलफल जारी राख्दै संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको पदाधिकारीहरुको बैठकमा संशोधनका विषयमा ब्रिफिङ भएको थियो। बैठकपछि कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले विधेयक रोकिएको नभई यसबारे छलफल मात्रै लम्बिएको बताए।

चार विषयमा संशोधन विधेयक लाने तयारी गरिएकोमा परासीदेखि बर्दियासम्मको तराई भूभाग ५ नम्बर प्रदेश कायम गरी पहाडी जिल्ला अनुकूल हुनेगरी छिमेकी प्रदेशमा गाभ्नेबारे छलफल भएको निधिले बताए। वैवाहिक अंगीकृतलाई संविधानमा उल्लेख गरी महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाणित भएपछि मात्रै नेपालको नागरिकता प्रदान गर्ने तयारी भएकोबारे पनि छलफल गरिएको थियो।

संशोधन विधेयक पेश गर्न मधेसी मोर्चाले सरकारलाई दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ। 'मोर्चासँग पनि छलफल गरी विधेयकलाई चाँडै अघि बढाउनेछौं,' निधिले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell