PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

द्वन्द्वकालमा ३० अर्बको संरचनामा क्षति : शान्तिमन्त्री यादव



पहिलोपोस्ट

द्वन्द्वकालमा ३० अर्बको संरचनामा क्षति : शान्तिमन्त्री यादव

पाँचथर : शान्ति तथा पुनःनिर्माण मन्त्री शान्तिदेवी यादवले राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन्।
 
पाँचथरको फिदिममा सोमबार स्थानीय शान्ति समिति पाँचथरले गरेको छलफल तथा अन्तरक्रियामा बोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुनःनिर्माणका लागि कनिका छराइको बजेटले नपुग्ने उल्लेख गरिन्।
 
दशवर्षे सशस्त्र द्वन्द्वकालमा भत्किएका पुनःसंरचना निर्माणका लागि ३० अर्ब रकम लाग्ने उनको भनाइ छ। यसका लागि राजनीतिक दलहरुबीचमै सहमति गरी बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिइन्।
 
अहिलेसम्म ३३ प्रतिशतमात्रै पुनःसंरचनाको काम भएको र बाँकी हुने तयारीमा भए पनि बजेट अभावका कारण अन्य पुनःसंरचनाको काम अघि बढ्न नसकेको उनले बताइन्।
 
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएर आयोगमा ५७ हजार पीडितका उजुरी परे पनि काम अघि बढ्न नसकेकोप्रति भने उनले दुःख व्यक्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell