काठमाडौं : पूर्वी तथा पहाडी भेगमा केही दिनमै आंशिक वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा भने बाक्लो कुहिरो लाग्ने सम्भावना छ।
न्युनचापीय क्षेत्रको प्रभावले चिसो बढ्दै गएको र डिसम्बरको सुरुवातदेखि जाडो बढ्ने मौसमविद् वरुण पौडेलले बताए। न्युनचापीय क्षेत्रको विकास भएकाले देशका पूर्वी र मध्य भेगमा बदली भएको छ। यसका कारण उपत्यकाका साथै देशभर चिसो महसुस गरिएको छ।
सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म नेपालमा जाडो हुने गरेको छ। महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ।