PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

प्रधानमन्त्री भन्छन्- 'म राजनीतिक भूकम्पको केन्द्रविन्दुमा छु'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'म राजनीतिक भूकम्पको केन्द्रविन्दुमा छु'

बनेपा : प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन्।
 
आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा बोल्दै उनले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक रहेको बताए।
 
नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वाकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह समेत गरे। 'तपाईंहरुले हासिल गरेको सिप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस्,' उनको भनाइ थियो।
 
दीक्षितहरुबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताए।
 
काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell