PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बैँकको सेफ फोरेर सुनचाँदी उडाउँदा पनि सुरक्षागार्ड बेखबर



राधेश्याम पटेल

बैँकको सेफ फोरेर सुनचाँदी उडाउँदा पनि सुरक्षागार्ड बेखबर

वीरगन्ज : वीरगञ्जमा बैँकको सेफबाट ४० लाख रुपैयाँ बराबर मूल्यको सुनचाँदी चोरी भएको अपत्यारिलो घटना सार्वजनिक भएको छ।  
कृषि विकास बैंक बैकिग शाखा कार्यालय घण्टाघरबाट ४० लाख रुपैयाँ बराबर मूल्यको सुनचाँदी चोरी भएको हो।

वीरगन्ज– बसपार्क लिंकरोड स्थित कृषि विकास बैंकको बैकिग शाखामा आइतबार राति भएको चोरीमा साढे ७२ तोला सुन र २७. ४४ तोला चाँदी चोरी भएको पर्सा प्रहरीले जनाएको छ।

सेवाग्राहीले बैंकमा ऋणका लागि धितो राखेका सुन र चाँदीका गहनाहरु अज्ञात समुहको चोरहरुले चोरी गरी लगेका हुन्। बैंकका कर्मचारी तथा प्रहरी यस विषयमा सोमबार बिहान कार्यालयमा बैंक पुग्दा मात्र यो घटना सार्वजनिक भएको थियो ।

प्रहरीको अनुसार बैंकको दोस्रो तल्लाको कोठाको दक्षिणतिर रहेको झ्यालको ग्रिल झिकेरभित्र पसेका चोरहरुले सेफको साँचो खोलेर सुन र चाँदीको गहना चोरेर लगेको पर्सा प्रहरी प्रवक्ता चक्रराज जोशीले जनाए।

धितो राख्ने लकरको तीन सेट साँचो हुन्छ। एक सेट चाबी बैंकका प्रबन्धकसंग, एक सेट चाबी लेखापालसँग र बाँकी एक सेट चाबी कृषि विकास बैंकको क्षेत्रीय निर्देशनालय कार्यालयमा राखिन्छ ।

तर, आइतबार बैंकका कर्मचारीले सेफको एक सेट चाबी क्षेत्रीय निर्देशनालयमा नपठाई सेफ नजिकैको सामान्य दराजमा राखे। चोरहरुले त्यही चाबीले सेफ खोलेर सुन र चाँदी लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बिहान कार्यालय सहयोगीहरु बैंक खोलेर सफाई गर्न आएको बेला लकर खुल्ला देखेपछि बैंकका प्रबन्धक नारायणप्रसाद शर्मालाई जानकारी गराएपछि घटना सार्वजनिक भयो ।

प्रहरीले सुरक्षा गार्डमा खटेका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell