PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

साहित्यकार तथा संस्कृतिविद् ग्वंग:लाई घटराज पुरस्कार



पहिलोपोस्ट

साहित्यकार तथा संस्कृतिविद् ग्वंग:लाई घटराज पुरस्कार

काठमाडौँ : साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:लाई २०७२ सालको ‘घटराज पुरस्कार’ प्रदान गरिएको छ। घटराज भट्टराई स्मारक कोशले साहित्यकार घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा सो पुरस्कार दिएको हो।
 
निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका निम्ति ग्वंगलाई शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा सो पुरस्कारका साथ रु पचास हजार र ताम्रपत्र प्रदान गरिएको हो। ग्वंग: लामो समयदेखि शिक्षा सेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिमा समर्पित रहँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell