PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ नाघ्यो, अरु देशको मुद्राको भाउ नेपालमा कति?



पहिलोपोस्ट

एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ नाघ्यो, अरु देशको मुद्राको भाउ नेपालमा कति?

काठमाडौं : अमेरिकी डलरको भाउ फेरि ११० रुपैयाँ नाघेको छ। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ २६ पैसा तोकेको छ।
 
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो।
 
ब्याजदरका कारण यसै पनि अमेरिकी डलर बलियो बन्दै गएको थियो। सँगसँगै भारतले ठूला भारुमा प्रतिबन्ध लगाएपछि त्यहाँको मुद्रा कमजोर भयो। भारतसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँको मूल्य पनि घट्छ। यसले गर्दा पनि दुई सातामै नेपाली रुपैयाँ चार रुपैयाँ हाराहारी कमजोर भइसकेको छ।
 
वाणिज्य बैंकहरुले भने राष्ट्र बैंकले दिएको रिफ्रेन्स रेटभन्दा मंगलबार केही तल कारोबार गरेका छन्। नबिल र एसबिआई बैंक लगायतले ११० रुपैयाँ २० पैसामा कारोबार गरिरहेका छन्। ग्लोबल आइएमई लगायत केहीले ११० रुपैयाँमै पनि कारोबार गरिरहेका छन्।

विभिन्न देशको मुद्राको भाउ नेपालमा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell