PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

गाई मारेको आरोप लागेका एक जनामाथि मुद्दा दायर



पहिलोपोस्ट

बनेपा : प्रहरीले गौवध गरेको आरोपमा काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ परेका एक जनालाई अदालतमा गौवध मुद्दा दर्ता गरेको छ।
 
सिन्धुपाल्चोकको नवलपुर गाविस–१ निवासी ३५ वर्षीय विशाल न्यौपानेलाई गाईको दुई वटा खुट्टासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
 
त्यस्तै, प्रहरी टोलीमाथि हातपात गर्न खोज्ने दुईजनालाई पनि केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ।
 
जिल्लाको चण्डेनीमण्डन गाविस–६ बस्ने १८ वर्षीय सहर तामाङ र १९ वर्षीय मनिष भारतीलाई मादकपदार्थ सेवन गरी प्रहरीमाथि गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell