PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

घरबाट भागेर हिँडेका चार किशोरीलाई प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चार किशोरीको उद्धार गरेको छ।
 
घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो।
 
लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
 
उद्धार गरिनेमा गुल्मीको सिर्सेनी गाविस–३ कि १२ वर्षीया सुनिता नेपाली, १४ वर्षीया विमा नेपाली, १६ वर्षीया रीता नेपाली र सोही गाविस–२ निवासी १२ वर्षीया लक्ष्मी नेपाली रहेका छन्।
 
प्रहरीले उनीहरुलाई सोधपुछ गरी किशोरीका आफन्तलाई जिम्मा लगाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell