PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

​विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्दैछ। प्रतियोगितामा नेपालबाट एक महिलासहित कुल ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन।

शारीरिक सुगठनअन्तर्गत पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, फिटनेस विधाको १७५ सेन्टिमिटर विनोद वज्राचार्य तथा फिटनेस फिजक्सको १७० सेन्टिमिटरमा विमललाल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। 

महिलाको मोडल फिजिक्स १७० सेन्टिमिटरमा ननिता महर्जनले भाग लिने छिन्।

टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी छन्। 

यस्तै अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार बिदाइ गरे। 

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना गर्ने प्रतियोगिता मंसिर १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell