PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

शान्तिपूर्ण आन्दोलनको आस्था सकिनु राज्यका लागि दुर्भाग्यपूर्ण : सिके राउत



पहिलोपोस्ट

शान्तिपूर्ण आन्दोलनको आस्था सकिनु राज्यका लागि दुर्भाग्यपूर्ण : सिके राउत

काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले शान्तिपूर्ण आन्दोलनमा दमन हुनु राज्यका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन्। लोकतन्त्रमा धर्ना, जुलुस लगायतका शान्तिपूर्ण कार्यक्रममा राज्यले देखाएको व्यवहार भर्त्सना योग्य रहेको राउतले बताए।
 
गठबन्धनले मंगलबार बिहान राजधानीको मधेस मिडिया हाउसमा आयोजना गरेको ‘विभेद विरोध दिवसमा दमन र आगामी कार्ययोजना’ विषयक पत्रकार सम्मेलनमा डा. राउतले भने, ‘राज्यले त्यति हदसम्म यातना देओस् जति बेलासम्म हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि आस्था कायम रहोस्।’
 
शान्तिपूर्ण आन्दोलनबाट आस्था समाप्त भयो भने राज्यका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने उनको भनाइ छ। मधेसीमाथि भएको दमनका बारे मानवअधिकार आयोगलाई लिखित रुपमै ज्ञापनपत्र बुझाउँदा समेत कुनै प्रतिक्रिया नआएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell