PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

घाँटी थिचेर ज्वाइँले गरे ससुराको हत्या



पहिलोपोस्ट

वीरगन्ज : पर्साको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै ज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन्।
 
सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले आफ्नो ससुराको हत्या गरेकफ जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 
आज बिहान ३ बजे हत्या गरी फरार भएका पहरीलाई खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।  मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell