PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​ब्राजिलियन फुटबल टिमका खेलाडी सहित ७२ जना चढेको विमान दुर्घटना



पहिलोपोस्ट

ब्राजिलियन फुटबल टिम चापकोएन्सका खेलाडी सहित ७२ जना सवार विमान दुर्घटना भएको छ। विमान कोलम्वियामा दुर्घटना भएको हो।

बोलिभियाबाट कोलम्वियाको मेडलिनतर्फ जाँदै गरेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
 

दुर्घटनापछि क्षतिको विवरण आइसकेको छैन। सहरभन्दा बाहिर पहाडी क्षेत्रमा विमान दुर्घटना भएको बिबिसीले जनाएको छ।

ब्राजिलियन क्लब चापाकोएन्सले दक्षिण अमेरिकी क्लब कप कोपा सुडअमेरिका अन्तर्गत मेडलिन क्लब एथ्लेटिको नासिओनलसँग खेल्नको लागि जाँदै थियो।

मेडलिन मेयर फेडेरिको गुटेइरिजले यो ठुलो ट्रयाजेडी भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell