
बिबिसी पर्सनालिटी अफ दि इअर अवार्डको मनोनयनमा फुटबलर जेमी भार्डी, टेनिस खेलाडी एण्डी मुरे, फुटबलर गारेथ बेल लगायत १६ खेलाडी परेका छन्।
ओलम्पिक, पारा ओलम्पिक र अन्य विभिन्न खेलकुद प्रतियोगितामा हात पारेको सफलताको आधारमा १६ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।
मनोनयनमा परेका अन्य खेलाडीहरुमा बक्सिङका निकोला एडम्स, ट्रायथलनमा एलिस्टयर ब्रोवनली, एक्वेस्ट्रियनका सोफी क्रिस्टिउनसेन, एथ्लेटिक्स साइकलिङका काडिना कक्स, एथ्लेटिकसका मो फराह, साइकलिङका जासोन केनी र लाउरा केनी, पौडीका एडम पिएटी, हक्कीका केट रिचर्डसन वाल, एक्वेस्ट्रियनका निक स्केलटन, साइकलिङका डेम साराह स्टोरे, जिम्न्यास्टिकका म्याक्स ह्विटलक र गल्फका ड्यानी विल्लेट छन्।
१२ सदस्यीय प्यानलले बिबिसी पर्शनालिटी अवार्डका लागि १६ खेलाडी छनोट गरेका हुन्। विजेताको घोषणा आगामी डिसेम्र १८ मा हुनेछ।
टेनिसका एण्डी मुरेले सन् २०१३ र २०१५ मा यस अवार्ड जितेका थिए।