PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

विद्यालय जाने क्रममा भीरबाट लडेर १२ वर्षीय बालकको ज्यान गयो



पहिलोपोस्ट

बेँसीसहर (लमजुङ) : सदरमुकाम नजिकै गाउँसहरको भीरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ।
 
बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो। बेँसीसहरबाट विद्यालय गएका मगर सोमबार बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको भीरमा उनी मृतावस्थामा फेला परेका थिए।
 
उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए। बिहान खाना खाएर विद्यालय हिँडे पनि उनी विद्यालयमा भने नपुगेको विद्यालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell