PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

के गर्लान् हाकु कालेले अब? 'लुट-२'को टिजरमा यस्तो देखियो



पहिलोपोस्ट

के गर्लान् हाकु कालेले अब? 'लुट-२'को टिजरमा यस्तो देखियो

काठमाडौं : काठमाडौं : फिल्म 'लुट-२'को प्यारोडी टिजर सार्वजनिक भएको छ। सिड्नी प्रिमियर विशेष टिजर युट्युब मार्फत अस्ट्रेलियाबाटै सार्वजनिक भएको हो।

यस स्टडीले बनाए फिल्मको प्रोमोशनल टिजरमा अस्ट्रेलियाकै केही दृश्य देखाइएको छ। एक मिनेट १३ सेकेन्डको टिजरमा हाकु कालेको चरित्र नै केन्द्रमा छ। 

यस स्टडीले अस्ट्रेलियामा प्रिमियर शो गरेपछि सोही दिन २०१७ फेब्रुअरी २४ मा यो फिल्म नेपालमा सार्वजनिक हुँदैछ। 
 
लुटकै कथालाई निरन्तरता दिँदै बनाइएको फिल्ममा 'लुट' जहाँ टुङ्गिएको थियो, त्यहाँबाट नै निरन्तरता हुनेछ। हाकु कालेसँगको रिस गोफ्ले, पाण्डे लगायतले लुट- २ मा पोख्नेछन्। लुटमा एक बेरोजगार, गैरजिम्मेवार र हास्यपात्रका रुपमा देखिएका गोफ्लेले रोमान्सका लागि पार्टनर पाउने निर्देशक निश्चल बस्नेतले जानकारी दिएका छन्।
 
फिल्ममा दयाहाङ राई, सौगात मल्लसँगै कर्मा, ऋचा शर्मा, प्रवीण खतिवडा, सुशीलराज पाण्डे लगायतको भूमिका दोहोरिनेछ। यी पात्रहरुको जीवनमा भूकम्पले निम्त्याएको परिणाम लुट-२ को मुख्य विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell