PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौँले नदेख्ने कालिकोटेको पीडा : १४ फोटो

काठमाडौँले नदेख्ने कालिकोटेको पीडा : १४ फोटो

ऋषिकेश दाहाल/पहिलोपोस्ट


कालिकोट : जुम्ला र कालीकोटको सीमा नजिकैको नाग्माघाटमा भेटिएका यी मानिसहरु उपल्लो भेगबाट तलतिर झर्दै गरेका कालिकोटे हुन्। हिउँदमा चिसो बढ्नेक्रमसँगै मानिसहरु तलतिर झर्नेक्रम सुरु भइसकेको छ।

उपल्लो भेगका मानिसहरु वस्तुभाउसँगै तलतिर झर्ने गर्छन्। यिनीहरु यहाँबाट कर्णाली राजमार्ग हुँदै अछामको यात्रामा जुटेका हुन्। कर्णाली नदीको किनारै किनार राकम कर्णाली पुगेपछि त्यहाँ बनेको नयाँ पुल पार गरेर अछामको यात्रा तय गर्छन् यिनीहरु।

भारी खेप्ने भेडा र च्याङ्ग्रासँगै लत्ताकपडा र भाडाकुडासहित हिउँदभरिका लागि बसाइ सर्नु यिनीहरुको बाध्यता हो। चिसो कम हुँदै गएपछि फेरि यिनीहरु लेकतिर नै फर्किन्छन्।

बालबालिकासहित लेकबाट तल झर्नेहरु दैनिक रुपमा कर्णाली राजमार्गमा देखिन्छन्। कालिकोट मुलुकका अति पिछडिएको जिल्लामध्ये एक हो। यहाँका १३ प्रतिशत जनतालेमात्र विद्युत उपभोग गर्न पाएका छन् भने शिक्षामा पनि जिल्ला कमजोर अवस्थामा छ।

विकट क्षेत्रका मानिसहरु सँधै जोखिमपूर्ण जीवन बिताइरहेका छन्।

फोटोमा हेर्नुस् नाम्घाट पार गरेर कर्णाली राजमार्गमा यात्रारत उपल्लो भेगका नागरिकहरु :


ट्रेन्डिङ पोस्ट

Ncell