PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

पत्नीसँग दोस्रो पटक फिल्म हेरे राजेश हमालले



पहिलोपोस्ट

पत्नीसँग दोस्रो पटक फिल्म हेरे राजेश हमालले

काठमाडौं : अभिनेता राजेश हमालले आफ्नी पत्नीसँगै बसेर दोस्रोपटक फिल्म हेरेका छन्।
 
प्रदीप भट्टराई निर्देशित 'जात्रा' हेर्न हमाल पत्नी मधु भट्टराईसहित सोमबार बेलुकी कुमारी हल पुगेका थिए। यसअघि उनले पत्नीसँगै 'बागमती' हेरेका थिए।
 
फिल्म हेरेपछि हमालले जात्राको सिक्वेल हेर्ने चाहना व्यक्त गरेका छन्।
 
तेस्रो हप्तासम्म निरन्तर प्रर्दशनमा रहेको ‘जात्रा’ हेरेपछि हमालसँगै मधुले फिल्मबारे प्रतिक्रिया दिएका थिए। हमालले भने, 'फिल्मको कथाले अन्तिमसम्म बाँधेर राख्छ।  हँसाउन छोड्दैन।'
 
निकट साथीहरुले फिल्मको निकै प्रशंसा गरेको सुनेर हेर्न आएका हमालले बताए।
 
मधुले भने विवाहअघि कहिलेकाहीँ फिल्म हेर्न गए पनि विवाहपछि दोस्रो पटक राजेशसँगै आएको सुनाइन्। मधुले पनि जात्रा दुई बनोस् भन्ने चाहना रहेको बताइन्।
 
निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँले भने राम्रो स्क्रिप्ट बनेको खण्डमा र कथा मिल्दो आएमा मात्र ‘जात्रा २’ बन्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell