
थाइल्याण्डमा भइरहेको एसिसी महिला एसिया कपको तेस्रो खेलमा बंगलादेशले नेपाललाई जितका लागि १३४ रनको चुनौती पेस गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर १३३ रन बनाएको हो। बंगलोदशका लागि निगार सुल्तानाले सर्वाधिक ३९ तथा सन्जिदा इस्लामले ३५ रन बनाइन्। यस्तै शैला सर्मिनले १९ रनको योगदान गरिन्।
नेपालको तर्फबाट संगीता राईले ३ तथा कप्तान रुबिना क्षेत्री र सीता मगरले १/१ विकेट हात पारिन्।