PahiloPost

Jun 16, 2025 | २ असार २०८२

केसीलाई भेटेपछि स्वास्थ्यमन्त्रीले भने- 'आजैको क्याबिनेट बैठकमा कुरा उठाउँछु'



पहिलोपोस्ट

काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसी  र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा केपी सिंह र सँग भेट गरेका छन्।
 
भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताए।
 
डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने थापाले आवश्वासन दिएको केसीका तर्फबाट वार्ता समिति सदस्य डा. जीवन क्षेत्रीले जानकारी दिए।
 
डिन सिंहसँगको भेटमा भने विद्यमान परिस्थितिको निकासबारे छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
 
तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुनै नसकेको वार्ता समिति सदस्य क्षेत्रीको भनाइ छ।
 
यता अनशनरत डा केसीको स्वास्थ्य अवस्था खराब बन्दै गएको छ। उनको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने पनि क्षेत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell