PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सोलिडारिटी कप विजेता अनन्त तामाङ र विशाल राईलाई कान्तिपुर होलिडेजले दुबई घुमाउने



पहिलोपोस्ट

सोलिडारिटी कप विजेता अनन्त तामाङ र विशाल राईलाई कान्तिपुर होलिडेजले दुबई घुमाउने

काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय टीमका खेलाडीद्वय अनन्त तामाङ र विशाल राईले फ्रि मा दुबई भ्रमण गर्ने अवसर पाएका छन्।

कान्तिपुर होलिडेजको मन परेको खेलाडीलाई दुबई घुमाऔं योजना अन्तर्गत सर्बाधिक मत प्राप्त गर्दैं अनन्त र विशालले ५ दिनको दुबई भ्रमण गर्ने अवसर पाएका हुन्।

राष्ट्रिय टीमका खेलाडीहरु मध्ये डिफेन्डर अनन्तले सर्बाधिक ११ हजार ४५२ मत प्राप्त गरेका थिए भने विशालले ११ हजार १९ मत पाए।

नोभेम्वर १५ मा मलेसियामा सम्पन्न सोलिडारिटी कपमा मकाउलाई हराउँदै नेपाल विजेता बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell