PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​देउवालाई ५, पौडेलसहित अन्य पक्षलाई ५ : कांग्रेसले टुङ्गो लगायो १० राज्यमन्त्रीको भागवण्डा



रमेश वाग्ले

​देउवालाई ५, पौडेलसहित अन्य पक्षलाई ५ : कांग्रेसले टुङ्गो लगायो १० राज्यमन्त्रीको भागवण्डा

काठमाडौँ : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको भागवण्डाको टुङ्गो लगाएको छ। सभापति शेरबहादुर पक्षका ५ जना र अन्य पक्षका ५ जना गरी १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएपछि भोलि शपथ गराउने तयारी गरिएको छ।

भागवण्डामा तीन जना रामचन्द्र पौडेल पक्षका राखिएका छन् भने कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षका १/१ जना राखिएको छ। 

देउवा पक्षबाट राज्यमन्त्रीका लागि सिफारिश भएकाहरु-

दीर्घराज भाट -  भौतिक पूर्वाधार तथा यातायात
मीठ्ठु मल्ल - वाणिज्य 
सुवर्ण ज्वारचन – सहरी विकास
सीताराम मेहता - वन
दीलिप गच्छदार- श्रम

रामचन्द्र पौडेल पक्षका

कञ्चनचन्द्र बादे श्रेष्ठ – उद्योग
सुरेन्द्रराज आचार्य – सिंचाइ
दीपक खड्का- खानेपानी तथा सरसफाइ मन्त्रालय

कृष्णप्रसाद सिटौला पक्षका

तारामान गुरूङ् – स्वास्थ्य

खुमबहादुर खड्का पक्षका 

ईन्द्र बाँनिया – पर्यटन

यसमा पौडेल पक्षबाट मन्त्री हुन लागेका दीपक खड्काले प्रधानमन्त्री अन्तर्गतको खानेपानी तथा सरसफाइ मन्त्रालयको विभागीय जिम्मेवारी पाउने भएका छन्।

कांग्रेसबाट १० राज्यमन्त्री थपिएपछि वर्तमान मन्त्रिपरिषद् ४१ सदस्यीय हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell