
भारतले मोहालीमा भएको तेस्रो टेष्टमा इंगल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। दोस्रो टेष्ट जितेसँगै भारतले ५ टेष्टको सिरिजमा २-० को अग्रता समेत बनाएको छ।
राजकोटमा भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने भिसाकापटनममा भएको दोस्रो टेष्ट भारतले २४६ रनले जितेको थियो।
चौथो दिनै जित हात पार्ने क्रममा भारतले इंगल्याण्डले दिएको १०३ रनको लक्ष्य २०.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो।
इंग्ल्याण्डले ७८/४ को अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको थियो। चौथो दिन इंगल्याण्डले थप १५८ रन जोड्दै ६ विकेट गुमायो। ३६ रनबाट दिनको खेल सुरु गरेको ओपनर जोए रुटले सर्बाधिक ७८ रन बनाए भने हसिब हमिदले नआउट ५९ रन जोडे। क्रिस वयक्सले ३० रनको योगदान गरे। इंगल्याण्डले दोस्रो इनिङमा जम्मा २३६ रन जोडेको थियो।
बलिङतर्फ भारतका रविच्नद्रन आश्विनले ३ तथा रविन्द्र जडेजा, मोहम्मद शामी रजयन्त यादवले समान २ विकेट लिए।
१०३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ओपनर मुरुली विजय शुन्य रनमा आउट भएपनि अर्का ओपनर मार्थिव पटेलले नटआउट ६७ रन बनाउँदै भारतलाई जित दिलाए। चेतेश्वर पुजाराले २५ रन बनाए भने कप्तान विराट कोहली ४ रनमा नटआउट रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले पहिलो इनिङमा २८३ रन बनाएको थियो भने भारतले ४१७ रन जोडेको थियो। पहिलो इनिङमा भारतका लागि सर्बाधिक ९० रन जोड्दै बलिङमा पनि दुबै इनिङ गरी ४ विकेट लिएका जडेजा म्यान अफ दि म्याच घोषित भए।
चौथो टेष्ट डिसेम्वर ८ बाट मुम्बईम सुरु हुनेछ।