PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छ : मन्त्री पाण्डे



पहिलोपोस्ट

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
 
नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको साङ्सी प्रान्तका उपगर्भनर याओ यिनलियाङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए।
 
भेटका अवसरमा मन्त्री पाण्डेले २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए।
 
भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणमा चीनले गरेको सहायताप्रति धन्यवाद प्रकट गर्दै मन्त्री पाण्डेले नेपालको विकासक्रममा चीनको सहयोग सरहानीय रहेकोमा प्रशंसा गरे।
 
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँगको सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्र्ने सक्ने बताएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell