PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली खेलाडीसहित ७६ जनाको मृत्यु



पहिलोपोस्ट

कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली खेलाडीसहित ७६ जनाको मृत्यु

बोगोटा (कोलम्बिया) : ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको कोलम्वियाली प्रहरीले पुष्टि गरेको छ।

७२ यात्रु र ९ चालक दलका सदस्य गरी कुल ८१ जना रहेको चार्टर्ड विमान बोलिभियाबाट कोलम्विया जाने क्रममा दुर्घटना भएको हो।

विमानमा ब्राजिलियन क्लब चापाकोएन्सका खेलाडीहरु समेत थिए।

ब्राजिलियन माथिल्लो डिभिजन सिरी ए क्लब चापाकोएन्सले दक्षिण अमेरिकी क्लब कप कोपा सुडअमेरिकामा एथ्लेटिको नासिओनलसँग पहिलो लेगको फाइनल खेल्नको लागि कोलम्विया गएको थियो।

घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन्। उद्धार गरिएका मध्ये एक गोलरक्षक सहित ३ जना चापाकोएन्सका खेलाडी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उक्त घटनापछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले सबैखाले दक्षिण अमेरिकी फुटबल स्थगित गरिएको बताएको छ।

चापाकोएन्स फुटबल क्लब सन् २०१४ मा ब्राजिलको ए डिभिजनमा उक्लिएको थियो। टोलीले गत साता अर्जेन्टिनाको सान लोरान्जोलाई पराजित गर्दै दक्षिण अमेरिकाको दोस्रो ठुलो फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell