PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

पत्रकार कर्ण र सञ्जयलाई मरणोपरान्त 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार'



पहिलोपोस्ट

पत्रकार कर्ण र सञ्जयलाई मरणोपरान्त 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार'

काठमाडौं : यस वर्षको 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार' मरणोपरान्त दुई पत्रकारका लागि दिइने भएको छ।
 
पुरस्कार छनोट समितिको आजको बैठकले स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्त रुपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवं काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिले यस्तो निर्णय गरेको हो।
 
पाँच लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार पत्रकारका परिवारलाई प्रदान गरिनेछ। कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेको मस्तिष्क सम्बन्धी रोगका कारण कात्तिक २० गते निधन भएको थियो भने अर्का पत्रकार बोहराको उच्च रक्तचापका कारण गएको मंसिर १० गते निधन भएको थियो। बोहोरा न्युज २४ टेलिभिजनका धनगढी ब्युरो प्रमुख एवं नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell