PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

स‍ंविधान संशोधन विधेयक आजै दर्ता गरिने, बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै



मनोज सत्याल

स‍ंविधान संशोधन विधेयक आजै दर्ता गरिने, बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ : अघिल्लो हप्ता शुक्रबार नै दर्ता गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकको टुङ्गो आज सरकारले लगाउँदैछ। यो समाचार तयार पार्दा मंगलबार राति सवा सात बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। 

बैठक बस्नुअघि मन्त्री रमेश लेखकले आजै संविधान संशोधन विधेयक दर्ता हुने जानकारी दिए। 

मन्त्रिपरिषद्को बैठक बस्नुअघि बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापासँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले छलफल गरेका थिए। 

यसअघि हिजो राति अबेरसम्म राष्ट्रपति विद्या भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताबीच शितल निवासमा संविधान संशोधनका विषयमा छलफल भएको थियो। 

(यो विकसित भइरहेको घटनाक्रमसम्बन्धी समाचार हो। थप अपडेट पहिलोपोस्टमा हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचार
​यी हुन् संशोधन गर्ने तयारी गरिएका संविधानका धाराहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell