PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक



मनोज सत्याल

एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक

काठमाडौँ : संविधान संशोधन मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै सरकारले निर्वाचन र संविधान कार्यान्वयनको वातावरण बनेको ठहर गरेको छ। 
 
मन्त्रिपरिषद्को बैठकपछि भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले संविधान संशोधन दर्तासँगै मुलुकमा संविधान क्रियाशिल हुने बाटोमा अगाडि बढेको जिकिर गरे।
 
उनले भने – 'मुलुकलाई निर्वाचनमा जाने वातावरण र ढोका बनाउँछ/ खोल्छ। अहिलेको राष्ट्रिय अजेण्डा हो- संविधानको स्वीकार्यतालाइ विस्तार गर्ने र त्यसका मार्फत अर्को महत्वपूर्ण अजेण्डा संविधान कार्यान्वयन अर्थात निर्वाचन गर्ने कुरामा यसले ऐतिहासिक पहल कदमी भएको छ।'
 
उनले सरकारले दर्ता गरेको संविधान संशवधनमा सबै राजनीतिक दलहरुको सहमति हुने विश्वास व्यक्त गरे। 

लेखकले संविधान संशोधन अघि मधेसी मोर्चासँग छलफल भएको र भविषयमा पनि थप छलफल हुने प्रतिक्रिया दिए। 

संविधान संशोधनमा प्रस्ताव गरिएको सीमाङ्कन विगतमा कांग्रेस र एमालेले ल्याएकै सीमाङ्कन भएकाले विरोध गर्न आवश्यक नभएको उनले बताए। 

'कांग्रेस र एमालेले हिजोको दिनमा सहमति गरेर ल्याएको प्रस्ताव अगाडि सारिएको हो त्यो हिजो केही कारणले हेरफेर गर्नुपरेको थियो', उनले भने, 'त्यही आधारलाई समातेर औचित्यको आधारमा यो निर्णय गरिएकाले अरु राजनीतिक दलले अहसमति गर्नुपर्ने कुनै कारण छैन।' 

लेखकले संविधानको पहिलो संशोधनले प्रतिनिधित्वको आधार जनसंख्या र भूगोल तोकेका कारण अहिले पनि राष्ट्रियसभाले जनसंख्यालाई भार दिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell