PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सप्तरीमा सवारी दुर्घटना, दुई जनाको म‌ृत्यु



पहिलोपोस्ट

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
 
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
 
यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई ट्याक्टरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
 
सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कल्याणपुर–३ बस्ने २६ वर्षीय जगदेब सहनीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मुत्यु भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell