PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नगरप्रहरी कुर्मी तीन दिनपछि मुक्त, चौकीदारले नै गराएका थिए अपहरण



राधेश्याम पटेल

नगरप्रहरी कुर्मी तीन दिनपछि मुक्त, चौकीदारले नै गराएका थिए अपहरण

वीरगन्ज : वीरगन्ज उपमहानगरपालिका कार्यालयका नगर प्रहरी राम अवतारप्रसाद कुर्मी अपहरण भएको तीन दिनपछि मुक्त भएका छन्। उनी बुधबार बिहान ५ बजे अस्थायी प्रहरी पोस्ट बडनिहारको सम्पर्कमा आएका हुन्।
 
वीरगन्ज-२७ रामगढवा निवासी ५६ बर्षीय कुर्मी गत आइतबार साँझ साढे ७ बजेदेखि वीरगन्जबाट पश्चिम-उत्तर १५ किलोमिटरमा अवस्थित हरपुर गाउँबाट अपहरणमा परेका थिए। उनलाई हाल अस्थायी प्रहरी पोस्टमा राखेर घटनाक्रमबारे बयान लिने काम भइरहेको छ।
 
तीन दिनदेखि विरुवागुठीगाविसको औरहिया गाउँमा बन्धक बनाएर राखिएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्। अपहरणमा उनकै चौकीदार चनरदेव रामको संलग्नता रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। चौकीदार रामलाई इलाका प्रहरी कार्यालय एकटागामा राखेर

अपहरणकारी गिरोहबारे जानकारी लिई खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गोविन्द साहले बताएका छन्।

औरहिया गाउँ हरपुर भन्दा २ किलो मिटर उत्तरमा पर्दछ। आँखामा पट्टी बाँधिएका नगरप्रहरी कुर्मीलाई आज बिहान ५ बजे पहिचान नखुलेका अपहरण गिरोहका एक व्यक्तिले मोटरसाइकलमा ल्याएर बडनिहार प्रहरी नजिक छोडेर भागेको कुर्मीको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell