PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु



पहिलोपोस्ट

लहान : सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालकको मृत्यु भएको छ।
 
खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्र्याक्टर पल्टिँदा मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो।
 
गम्भीर घाइते भएका उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell