काठमाडौं : अठार दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउने सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सरकारलाई २४ घन्टाको अल्टिमेटम दिएको छ। सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।
केसीको मागप्रति समर्थन जनाउँदै गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको अनसन टुङ्ग्याउन आग्रह गरिएको हो। महासचिव गिरीले २४ घन्टा पछि केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केशवप्रसाद सिंहको राजीनामा लगायतका माग राख्दै केसी दसौं चरणको अनसनमा छन्।
सरकारले केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ। समितिले चार पटकसम्म वार्ता गर्दा पनि सहमति हुन सकेको छैन।
सम्बन्धित समाचार : टिचिङका आवासीय चिकित्सक थप आन्दोलित, आकस्मिक बाहेकका सेवा बहिष्कार