PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

तीन करोड मूल्य बराबरको कोकिन सहित दुई विदेशी नागरिक पक्राउ



सविन ढकाल

तीन करोड मूल्य बराबरको कोकिन सहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौ :  १ केजी ५ सय ग्राम कोकिनसहित पक्राउ परेका दुई जना विदेशी नागरिकलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ। सो कोकिनको मूल्य तीन करोड रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ।

 
भारतीय मूलकी मलेसियाली महिला ३० वर्षीया एलिक जोशेफ र मलेसियन नागरिक २८ वर्षका मेगेनथिरन राझालाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बेलुका उनीहरुलाई पक्राउ गरेको थियो।

कालो झोलाभित्र फल्स बटन बनाई लुकाई ल्याएको कोकिन एलिकले राझालाई दिन लाग्दा प्रहरीले पक्राउ गरेको हो। ब्राजिलको साओपोल हुँदै ती महिला एलिक नेपाल आएकी हुन्।
 
यसअघि पेरु, ब्राजिल, दुबई हुँदै काठमाडौँ भित्र्याइएका २० केजीभन्दा बढी कोकिनसहित मलेसियाली, तान्जानियाली, बुल्गेरियाली, पाकिस्तानी, भारतीय नागरिकहरु पक्राउ परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell