PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा गौतम निर्वाचित



पहिलोपोस्ट

शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौँ : शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा भवानीश्वर गौतम निर्वाचित भएका छन्।
 
बुधबार भएको सातौं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। सञ्जालको उपाध्यक्षमा रुवी रौनियार, महासचिवमा सूर्यप्रसाद पाण्डे, सचिवमा नारायण किलम्बु र कोषाध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन्।
 
सदस्यमा विष्णु नेपाल, शरद शर्मा, रवीचन्द्र पराजुली, पार्वता चौधरी, रुपेश आचार्य र दुर्गा लामिछाने छन्।
 
सञ्जाल शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारको समूह हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell