PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

कोलम्बियाको संशोधित शान्ति सम्झौता सिनेटद्वारा पारित, ५२ वर्षपछि शान्तिको आशा



पहिलोपोस्ट

कोलम्बियाको संशोधित शान्ति सम्झौता सिनेटद्वारा पारित, ५२ वर्षपछि शान्तिको आशा

बोगोटा : कोलम्बिया सरकार र कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आर्म्ड फोर्स अफ कोलम्बिया (फार्क) बीचमा भएको संशोधित शान्ति सम्झौता सिनेटबाट पारित भएको छ।
 
शान्ति सम्झौताको विपक्षमा उभिँदै आएको पार्टी सेन्ट्रो डेमोक्र्याटिकका सदस्यहरुले भने मङ्गलबार राति भएको मतदान पनि बहिष्कार गरेका थिए। सिनेटमा सम्झौता परित भएपछि सिनेटका अध्यक्ष मौरिसिओ लिज्कानोले ‘शान्ति दिगो होस्, कोलम्बिया जिन्दावाद’ नारा लगाउँदै सिनेट बैठक अन्त्य गरेका थिए।
 
यो सम्झौताले कोलम्बियामा ५२ वर्षदेखि जारी गृहयुद्धको अन्त्य गर्ने नेताहरुले विश्वास लिएका छन्।
 
'हामीले कोलम्बियाको सम्पूर्ण समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि यो सम्झौताको समर्थन गरिदिन आग्रह गर्दछौँ। शान्तिले लामो समयसम्म पर्खन सक्दैन,' शान्ति सम्झौता भएको दिन दुवै पक्षद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको थियो।
 
क्युबा र नर्वेका कूटनीतिज्ञहरुको मध्यस्थतामा क्युबाको राजधानी हवानामा सम्झौता भएको हो।
 
जनमत सङ्ग्रहबाट सम्झौता अस्वीकृत भएको नतिजा आउना साथ राष्ट्रपति जुआँ म्यानुएल सन्तोसले शान्ति प्रक्रियालाई नयाँ तरिकाले अगाडि बढाउने बताएका थिए।
 
गत सेप्टेम्बरमा भएको पहिलो शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोषले नोबेल शान्ति पुरस्कार समेत पाएका छन्।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell