
काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन विधेयकप्रति असन्तुष्ट रहेको नेकपा एमालेका कार्यकर्ताले आज राजधानीमा सरकारी गाडी तोडफोड गरेका छन्।
पार्टीको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आज विरोध प्रदर्शनको आह्वान गरेको थियो। सोही क्रममा बानेश्वरमा प्रदर्शनकारीले बा१झ ८११३ नम्बरको सरकारी गाडी तोडफोड गरे।
अहिले पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश विखण्डनको रणनीति भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति असहमति जनाएको छ। उसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ। अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमार झाँक्रीले प्रदेशकेन्द्रित र काठमाडौँकेन्द्रित आन्दोलनमा आफूहरु उत्रने बताएकी थिइन्।