PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली, हेर्नुस् ११ फोटोमा

विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली, हेर्नुस् ११ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : डिसेम्बर १ मा विश्वभर भनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
 
एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो। यसपटकको नारा 'हामी सबैको काम, एचआइभीको रोकथाम' रहेको छ।

सन् २०१५ डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआइभी संक्रमण भएको अनुमान छ। जसमा पुरुषको संख्या २४ हजार ४४९ र महिलाको संख्या १४ हजार ९४८ रहेको छ।

आज बिहानैदेखि देशका विभिन्न ठाउँमा जनचेतनामूलक र्‍यालीहरु भइरहेका छन्। काठमाडौंको वसन्तुपर क्षेत्रमा आयोजित र्‍यालीको दृश्यहरु-
 


ट्रेन्डिङ पोस्ट

Ncell