PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

इएफएल कप : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, साउथह्याम्पटनसँग हारेसँगै आर्सनल बाहिरियो



पहिलोपोस्ट

इएफएल कप : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, साउथह्याम्पटनसँग हारेसँगै आर्सनल बाहिरियो

म्यानचेष्टर युनाइटेड र साउथह्याम्पटन इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा आर्सनल भने क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति भएको खेलमा म्यान युनाइटेडले वेष्टहमलाई ४-१ ले हरायो। ज्लाटन इब्राहिमोभिक र एन्टोनी मार्सियलले २/२ गोल गरेपछि युनाइटेडले वेष्टहममाथि सहज जित निकाल्यो।

केहि दिनअघि मात्र भएको प्रिमियर लिगको खेलमा युनाइटेड वेष्टहमसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। इब्राहिमोभिचलेले बराबरी गोल फर्काउँदै युनाइेटडलाई १ अंक दिलाएका थिए। 

तर इएफएल कपमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्‍यो। इब्राहिमोचिले दोस्रो मिनेटमै गोल गर्दै युनाइेटडलाई अग्रता दिलाए। ३५ औं मिनेटमा एस्ले फ्लेचरले गोल गर्दै वेष्टहमलाई खेलमा फर्कने अवसर दिलाएका थिए।

तर दोस्रो हाफको सुरुमै मार्सियलले गोल गरेपछि युनाइटेडले २-१ को अग्रत बनायो। ६२ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गरे भने इब्राहिमोभिकले इन्जुरी टाइममा गोल थप्दै युनाइटेडलाई ४-१ को जित दलिाए। ८६ औं मिनेटमा मार्सियलको स्थानमा र्मैदान प्रवेश गर्दै बास्टियन स्वाइन्सटाइगरले पनि युनाइटेडको लागि पुनरागमन जनाए।

अर्को खेलमा साउथह्याम्पटनले आर्सनललाई उसैको मैदानमा २-० ले हरायो। १३ औं जोर्डी क्लासीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा राउन बट्राण्डले गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारेका थिए।

यसअघि नै लिभरपुल र हल सिटी सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अब सेमिफाइनलमा युनाइटेडले हल सिटी तथा लिभरपुलले साउथह्याम्पटनसँग खेल्नेछ। सेमिफाइनलको पहिलो लेग जनवरी १० तथा दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell