PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

आमाको स्मृतिमा मैनाको सहयोग, वृद्धवृद्धालाई न्यानो ओछ्यान



पहिलोपोस्ट

फलेवास (पर्वत) :  सदरमुकाम कुश्माबजारकी एक समाजसेवीले आफ्नी आमाको मृत्युपछि हुने किरियाकर्मको संस्कारमा लाग्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेकी छन्।
 
जाडो बढ्दै जान थालेपछि वृद्धवृद्धाको जनजीवन झनै कष्टकर बन्दै जाने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिका–९ स्थित ओमशान्ति टोलमा बस्ने मैना गुरुङले आफ्नी आमाको स्मृतिमा १५ जना वृद्धवृद्धालाई न्यानो ओछ्यान सहयोग गरेकी हुन्। प्रसिद्ध मोदीवेणी दिव्यधाममा रहेको वृद्धाश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धालाई उनले न्यानो ओछ्यान दिइन्।
 
उनले रु ४० हजारभन्दा बढीका सिरक,  डसना,  सिरानी,  कुसन,  तन्ना जस्ता आरामदायी विस्ताराका लागि चाहिने सबै सामग्री सहयोग गरेकी हुन्। 
 
मोदीवेणी दिव्यधामका अध्यक्ष गोपालदास वैरागीले वृद्धवृद्धालाई विभिन्न दाताले गरेको सहयोगले वृद्धाश्रम सञ्चालनमा टेवा पुगेको बताए। वृद्धाश्रममा कुनै समय ४० जनासम्म वृद्धावृद्धा आउने गरेको पनि उनको भनाइ छ। परिवारले उचित पालनपोषण नगर्ने र छोराबुहारी वा श्रीमान्बाट पीडित बनेका वृद्धाश्रममा आश्रय लिन आउने गरेको वैरागीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell